1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

मधेशको नयाँ मुख्यमन्त्री बने सरोजकुमार यादव

४७८पाठक संख्या
२वास्तविक शेयर
४८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

मधेशको नयाँ मुख्यमन्त्री बने सरोजकुमार यादव

मधेश प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जानकारी दिएको हो। नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार उनलाई प्रदेश सरकारको नेतृत्वको जिम्मेवारी दिइएको हो।

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। त्यसका लागि शुक्रबार दिउँसो ४ बजेसम्मको समयसीमा तोकिएको थियो।

तर निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले बहुमतसहित सरकार गठनका लागि दाबी पेस गर्न सकेनन्। त्यसपछि संविधानको अर्को व्यवस्थाअनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नयाँ मुख्यमन्त्रीको नियुक्तिसँगै मधेश प्रदेशमा सरकार गठनका लागि जारी राजनीतिक प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

📰 १४७ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचारप्रोफाइल

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN