सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हरिनगर गाउँपालिका–६ स्थित टपरा अनमा घाटमा छठ पूजा सम्पन्न गरी श्रद्धालुहरू घर फर्किएपछि पूजास्थलमा तोडफोड भएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक २९ गते साँझ करिब ७:३० बजे व्रतालु तथा भक्तजनहरूले छठ पूजा सकेर घर फर्किएपछि अपरिचित व्यक्तिहरूले उक्त पूजास्थलमा तोडफोड गरेका थिए। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।
घटनापछि क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ। साथै श्रद्धालु भक्तजनहरूलाई पुनः पूजाआजामा निर्धक्क सहभागी हुन प्रहरीले आग्रह गरेको छ।
धार्मिक आस्था र सामाजिक सद्भावसँग जोडिएको छठ पर्वका क्रममा पूजास्थलमा भएको तोडफोडको घटनाले स्थानीय क्षेत्रमा चिन्ता उत्पन्न गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो चारदिने छठ पर्व
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
छठ पर्वको दोस्रो दिन आज ‘खरना’, व्रतालुहरू निराहार व्रतको तयारीमा
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, राष्ट्रपति पौडेलद्वारा नियुक्ति
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन