1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१२८पाठक संख्या
२वास्तविक शेयर
१३एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ। साविक विजेता लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने योजनासहित मैदानमा उत्रिनेछ।

दुवै टोली लगातार दोस्रो पटक एनपीएलको फाइनलमा आमनेसामने हुन लागेका हुन्। गत संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि लुम्बिनी सुदूरपश्चिमलाई हराउँदै उपाधि आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ।

लिग चरणमा ११ अंक जोड्दै शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

सुदूरपश्चिम भने पहिलो क्वालिफायरमा पराजित भएपछि दोस्रो क्वालिफायरमार्फत फाइनल पुगेको हो। चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको थियो। लिग चरणमा १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहेको थियो।

सुदूरपश्चिमका लागि यो लगातार तेस्रो फाइनल हो। तर यसअघि दुई पटक फाइनल पुगे पनि टोलीले उपाधि जित्न सकेको छैन। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम यसपटक पहिलो उपाधि जित्ने प्रयासमा हुनेछ।

यस सिजन लिग चरण र पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको थियो। त्यसैले फाइनलमा सुदूरपश्चिमसँग अघिल्ला हारको बदला लिने अवसरसमेत छ।

लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा दुवै टोली मैदानमा उत्रिनेछन्। लुम्बिनीका लागि उपाधि रक्षा गर्ने चुनौती छ भने सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

📰 १४५ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचारप्रोफाइल

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN