1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

बसको ठक्करबाट बाबु–छोराको मृत्यु

१४८पाठक संख्या
१वास्तविक शेयर
१४एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

बसको ठक्करबाट बाबु–छोराको मृत्यु

सडक दुर्घटनामा बाबु–छोराको ज्यान गएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका–५ स्थित चिलहरिया गाउँ शोकमा डुबेको छ। आफन्तलाई भेट्न बर्दियाको गुलरिया जाँदै गरेका बाबु–छोराको मोटरसाइकल दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका ६६ वर्षीय बुवा दलबहादुर खत्री रहेका छन्। उनीहरू चाडपर्व मनाउन भारतबाट केही समयअघि मात्र नेपाल फर्किएका थिए। आफन्तसँग भेटघाट गर्ने उद्देश्यले मोटरसाइकलमा गुलरियातर्फ जाँदै गर्दा उनीहरू दुर्घटनामा परेका हुन्।

प्राप्त विवरणअनुसार गुलरिया–११ लालपुरमा गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनिफोर्स बस र विपरीत दिशाबाट आइरहेको बाबु–छोरा सवार मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनाको तीव्रताका कारण दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै मृतकका आफन्त तथा स्थानीय बासिन्दाले नेपालगञ्ज–राजापुर सडकखण्डमा केही समय आवागमन अवरुद्ध गरेका थिए। सवारीधनी सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्ने सहमति जुटेपछि आफन्तले शव बुझेका थिए।

दुर्घटनाको तीन दिनपछि सहमति जुटेसँगै मृतक बाबु–छोराको स्थानीय अगैयाघाटमा अन्त्येष्टि गरिएको राप्ती सोनारी गाउँपालिका–५ का वडाध्यक्ष झगरु थारुले जानकारी दिएका छन्।

रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका उनीहरू तिहार मनाउन स्वदेश फर्किएका थिए। चाडपर्वको खुसी परिवारसँग बाँड्न घर आएका बाबु–छोराको एकैसाथ भएको दुःखद निधनले खत्री परिवार मात्र नभई सिङ्गो चिलहरिया गाउँ नै शोकमा परेको छ। गाउँलेहरूले उनीहरूको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

📰 १४३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचारप्रोफाइल

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN