सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
नियुक्त हुनेहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
न्याय परिषद्ले गत असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदका लागि उनीहरूको नाम सिफारिस गरेको थियो। त्यसपछि संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूबारे सुनुवाइ गरी कात्तिक २२ गते सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।
संसदीय सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूमाथि विभिन्न उजुरी तथा प्रश्न उठेका थिए। न्यायिक आचरण, अदालतभित्र बिचौलियाको प्रभाव, राजनीतिक हस्तक्षेप र न्याय सम्पादनसम्बन्धी विषयमा उनीहरूसँग जवाफ मागिएको थियो।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।












तराई–मधेशमा छठको रौनक सुरु, आजदेखि नहाय–खाय विधिबाट महापर्व आरम्भ
दाजुभाइको दीर्घायुको कामना गर्दै आज देशभर भाइटीका मनाइँदै
नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा प्रधानमन्त्री बालेन शाहद्वारा शुभकामना व्यक्त
आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन