अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले यौनजन्य हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

‘यौनजन्य हिंसाको अन्त्य गरौँ, सुरक्षित समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा करिब ३०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, कलैया उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद साह र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्थानीय विद्यालयका शिक्षक तथा विद्यार्थी, आमा समूह र लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिका सदस्यहरूको सहभागिता थियो।
कार्यक्रमको सुरुवातमा सहभागीहरूले यौनजन्य हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सचेतनामूलक र्याली निकालेका थिए। विभिन्न नारासहित निकालिएको र्यालीले कलैयाको बजार क्षेत्र परिक्रमा गरेको थियो।
र्यालीमार्फत यौनजन्य हिंसा अन्त्य गर्न, पीडितलाई न्यायको पहुँचमा पुर्याउन तथा समाजमा सुरक्षित वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्ने सन्देश प्रवाह गरिएको थियो।
र्यालीपछि आयोजित औपचारिक कार्यक्रममा अपराध अनुसन्धान विभागको स्थापना दिवसको अवसर पारेर सचेतनामूलक अभियानलाई प्रभावकारी बनाउने उद्देश्य व्यक्त गरिएको थियो। विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीय समुदायको सहभागिताले यौनजन्य हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र सामाजिक जागरूकताको सन्देश दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराद्वारा आयोजित उक्त कार्यक्रम औपचारिक उद्घाटनसँगै सम्पन्न भएको थियो।











बारामा भारतबाट अवैध रूपमा भित्र्याइएका २ लाख २० हजार रुपैयाँका पटाका बरामद गरी नष्ट
पटका पड्काउँदा जीतपुरसिमराका १६ वर्षीय किशोर घाइते
कोल्हवीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु, दुई जना घाइते
डुमरवानाको खेतमा भेटियो ३० वर्षीय युवकको शव, घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन