1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व छैन : रवि लामिछाने

२१४पाठक संख्या
४वास्तविक शेयर
२४एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ६ views
समाचार सुन्नुहोस्

सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व छैन : रवि लामिछाने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेले सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व नरहेको बताएका छन्।

बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकार र पार्टीका कामकारबाही स्पष्ट रहेको र दुवैबीच समन्वयको कमी नभएको बताएका हुन्।

आफू निर्वाचन क्षेत्रमा केही ढिला पुगे पनि नीतिगत कामहरू निरन्तर भइरहेको उनको भनाइ थियो। व्यक्तिभन्दा नीति, पद्धति र प्रणाली स्थापित हुनुपर्नेमा जोड दिँदै उनले राज्यका नीति तथा कार्यक्रम देशभर कार्यान्वयन भइरहेको बताए।

उनले सत्ता टिकाउन वा पार्टीभित्र देखावटी एकता कायम राख्न कुनै व्यक्तिलाई पदमा राखिरहने अभ्यास आफूहरूको नभएको पनि स्पष्ट पारे। सरकार र पार्टीबीच कुनै विषयमा जिज्ञासा वा समस्या देखिए आपसी छलफलबाट समाधान गर्न सकिने उनले बताए।

लामिछानेले कुनै निकाय वा संस्थाबाट गल्ती भए त्यसलाई सच्याउन संवैधानिक तथा कानुनी संरचना रहेको उल्लेख गरे। प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता संस्थामाथि विश्वास गर्दै तिनलाई अझ बलियो बनाउनुपर्ने उनको धारणा थियो।

सरकारले विधिको शासनअनुसार परिपक्व ढंगले काम गर्नुपर्नेमा पनि उनले जोड दिए।

लामिछाने शुक्रबारसम्म चितवनका विभिन्न राजनीतिक तथा सार्वजनिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। उनले रास्वपाका जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीहरूसँग संगठनात्मक छलफल गर्ने कार्यक्रम पनि तय भएको छ।

त्यसैगरी शुक्रबार बिहान नारायणी नदी किनारको कटान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 ११९ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN