1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

१८०पाठक संख्या
२वास्तविक शेयर
१९एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिकै ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटना बिहीबार साँझ करिब ५ः३५ बजे हेटौँडा–पथलैया सडकखण्डमा भएको हो। वीरगन्जबाट धादिङतर्फ जाँदै गरेको ना.६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौँडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका–३ निवासी २१ वर्षीय निराजन यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मकवानपुरस्थित जिल्ला अस्पताल हेटौँडा पुर्‍याइएको थियो।

अस्पतालमा चिकित्सकले साँझ ६ः३९ बजे ईसीजी परीक्षण गर्दा यादवलाई मृत घोषणा गरेका थिए।

त्यस्तै, मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती निवासी २१ वर्षीय नन्दकिशोर दास घाइते भएका छन्। उनको दुवै हात, दुवै खुट्टा तथा मुखमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल हेटौँडामै उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२० प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN