1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा, चारै मन्त्रीले दिए सामूहिक राजीनामा

२१२पाठक संख्या
२वास्तविक शेयर
२२एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा, चारै मन्त्रीले दिए सामूहिक राजीनामा

मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ। नेकपाका तर्फबाट प्रदेश सरकारमा सहभागी चारै जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहेका छन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौंमा रहेका कारण चारै मन्त्रीले बिहीबार ह्वाट्सएपमार्फत राजीनामा पत्र पठाएका हुन्। राजनीतिक निकासका लागि राजीनामा दिएको उनीहरूले पत्रमा उल्लेख गरेका छन्।

मन्त्रीहरूले बुझाएको सामूहिक राजीनामा पत्रमा मुख्यमन्त्रीले गरेको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरिएको छ।

राजीनामासँगै नेकपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ। पार्टीका तर्फबाट प्रदेश प्रमुखसमक्ष समर्थन फिर्ता लिइएको पत्रसमेत दर्ता गराइएको छ।

नेकपा सरकारबाट बाहिरिएसँगै मधेश प्रदेशको सत्ता समीकरणमा फेरबदल आउने भएको छ। नयाँ राजनीतिक समीकरण निर्माणको प्रक्रियाले प्रदेश सरकारको आगामी नेतृत्व र संरचनाबारे थप राजनीतिक गतिविधि बढ्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN