प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज दुईदिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमण प्रधानमन्त्री बनेपछि शाहको पहिलो विदेश भ्रमण हो।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली जानेछन्। भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको भ्रमण टोलीलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल सहभागी हुनेछ। यसबाहेक निजी क्षेत्रका ५२ जना उद्योगी तथा व्यवसायी पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुँदैछन्।
नयाँदिल्ली पुगेपछि प्रधानमन्त्री शाहले आज साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। होटल ताजमहलमा हुने उक्त भेटपछि आइतबारका लागि अन्य औपचारिक कार्यक्रम तय गरिएको छैन।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्। त्यसअघि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
हैदरावाद हाउसमा हुने मोदी र शाहबीचको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विभिन्न विषयमा छलफल हुनेछ। विशेषगरी व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय वार्ताको प्राथमिकतामा रहने बताइएको छ।
भेटवार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न समझदारीपत्र तथा सम्झौता आदानप्रदान गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा पनि सहकार्यसम्बन्धी समझदारी आदानप्रदान गर्ने तयारी छ।
सोमबार नै प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेटवार्ता गर्नेछन्। त्यसपछि उनी स्वदेश फर्कने कार्यतालिका रहेको छ।











बसको ठक्करबाट बाबु–छोराको मृत्यु
छठ पूजा स्थलमा तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो चारदिने छठ पर्व
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन