1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२३२पाठक संख्या
०वास्तविक शेयर
२२एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

बारा । तराई–मधेशसहित देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइने सूर्य उपासनाको महापर्व छठको मुख्य दिन आज आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदैछ। चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यदेवलाई अर्घ्य दिने तयारीमा जुटेका छन्।

छठका अवसरमा व्रतालुहरूले बाँसका सुपा र डाला सजाएर त्यसमा ठेकुवा, भुसुवा, फलफूल, नरिवल, उखु तथा अन्य पूजासामग्री राखी अस्ताउँदो सूर्यलाई अर्पण गर्ने परम्परा छ। छठघाटहरूमा बिहानैदेखि सरसफाइ, सजावट र पूजाको तयारी गरिएको छ भने साँझपख श्रद्धालुहरूको ठूलो भीड लाग्ने अपेक्षा गरिएको छ।

सूर्यदेव र छठी माताको उपासना गरिने यस पर्वमा परिवारको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गरिन्छ। जातीय तथा सामुदायिक एकताको प्रतीकका रूपमा समेत रहेको छठमा विभिन्न समुदायका मानिस एकै ठाउँमा भेला भएर पर्व मनाउने गर्छन्।

छठ पर्वको अन्तिम दिन भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी चारदिने महापर्व सम्पन्न गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN