मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आइतबार मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।
यादव दोस्रो पटक मधेश प्रदेशको मुख्यमन्त्री बनेका हुन्। यसअघि पनि उनले प्रदेश सरकारको नेतृत्व गरिसकेका छन्।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै यादवले अब प्रदेश सरकारको नेतृत्व सम्हाल्नेछन्।











मधेशको नयाँ मुख्यमन्त्री बने सरोजकुमार यादव
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने
सरकारको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि, भने– हिन्दी जासुसी फिल्मजस्तै अनिश्चित
मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा, चारै मन्त्रीले दिए सामूहिक राजीनामा
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन