1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

भारतीय मोटरसाइकलको ठक्करबाट बारामा युवकको मृत्यु, चालक फरार

३६२पाठक संख्या
२वास्तविक शेयर
३७एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

भारतीय मोटरसाइकलको ठक्करबाट बारामा युवकको मृत्यु, चालक फरार

बाराको सुवर्ण गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ। सडकमा पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएपछि मोटरसाइकल चालक घटनास्थलबाटै फरार भएका छन्।

शनिबार साँझ सुवर्ण गाउँपालिका–३ स्थित सन्तगन्ज पुलनजिकै उक्त दुर्घटना भएको हो। सडकको छेउबाट पैदल हिँडिरहेका युवकलाई तीव्र गतिमा आएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत महुआवा थाना, महुआवा पञ्चायत वडा नम्बर ६ निवासी चन्द्रिका ठाकुरका करिब २५ वर्षीय छोरा विक्रम शर्मा रहेका छन्।

दुर्घटनापछि उनलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुवा चन्द्रिका ठाकुरले जानकारी दिएका छन्। हाल मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।

मृतकका बुवाका अनुसार सन्तगन्ज नाका र गाउँ नजिकै रहेकाले विक्रम पैदल घुम्न निस्किएका बेला दुर्घटनामा परेका थिए। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार दुर्घटनामा संलग्न भारतीय नम्बर प्लेटको मोटरसाइकलको पहिचान तथा खोजी कार्य जारी रहेको छ।

दुर्घटनापछि फरार रहेका चालकको खोजी र घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

📰 १५० प्रकाशित समाचार
प्रोफाइल र सबै समाचारप्रोफाइल

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN