जिल्ला प्रहरी कार्यालय बाराको नेतृत्व परिवर्तन हुने भएको छ। जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको सरुवा भएपछि उनको स्थानमा एसपी कुमार विक्रम थापा आउने भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयले गरेको पछिल्लो सरुवा निर्णयअनुसार कुँवरलाई कर्णाली प्रदेश प्रहरी गण, वीरेन्द्रनगर सुर्खेतमा पठाइएको छ। उनको स्थानमा नेपाल प्रहरी अस्पताल प्रशासन, महाराजगञ्ज काठमाडौंमा कार्यरत एसपी थापालाई बाराको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंसिर ८ गते ६० जना प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेको थियो। सोही निर्णयअन्तर्गत बाराको प्रहरी नेतृत्व पनि परिवर्तन हुन लागेको हो।
कुँवरको सरुवासँगै बारामा नयाँ प्रहरी प्रमुखका रूपमा थापाले जिम्मेवारी सम्हाल्नेछन्।











भारतीय मोटरसाइकलको ठक्करबाट बारामा युवकको मृत्यु, चालक फरार
यौनजन्य हिंसाविरुद्ध कलैयामा सचेतनामूलक र्याली, करिब ३०० जनाको सहभागिता
पटका पड्काउँदा जीतपुरसिमराका १६ वर्षीय किशोर घाइते
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन