बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पटका पड्काउने क्रममा आगोले जलेर एक किशोर घाइते भएका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका–६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान शनिबार राति आफ्नै घरको आँगनमा पटका पड्काउने क्रममा घाइते भएका हुन्।
राति करिब साढे १० बजे पटका पड्काउँदा आगो लागेर उनको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ। घटनामा उनको दुवै तिघ्रालगायतका भागमा चोट लागेको छ।
घाइते देवानलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको बारा प्रहरीले जनाएको छ।











कोल्हवीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु, दुई जना घाइते
डुमरवानाको खेतमा भेटियो ३० वर्षीय युवकको शव, घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान
सिमरामा जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ, ७६ हजारभन्दा बढी रकम बरामद
प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन