1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

बारामा भारतबाट अवैध रूपमा भित्र्याइएका २ लाख २० हजार रुपैयाँका पटाका बरामद गरी नष्ट

१८८पाठक संख्या
२वास्तविक शेयर
१९एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

बारामा भारतबाट अवैध रूपमा भित्र्याइएका २ लाख २० हजार रुपैयाँका पटाका बरामद गरी नष्ट

जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका करिब २ लाख २० हजार रुपैयाँ बराबरका पटाका तथा आतिशबाजीजन्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कार्यालय मातहतका इलाका प्रहरी कार्यालय जितपुर, निजगढ तथा प्रहरी चौकी पथलैयाबाट खटिएका प्रहरी चेकिङ टोलीले विभिन्न मिति र समयमा भारतबाट अवैध रूपमा भित्र्याइएका पटाका तथा आतिशबाजीका सामग्री नियन्त्रणमा लिएका हुन्।

प्रहरीले नियन्त्रणमा लिएका ती सामग्रीको अनुमानित मूल्य २ लाख २० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अवैध रूपमा भित्र्याइएका पटाका तथा आतिशबाजीजन्य सामग्री नियन्त्रणमा लिएपछि प्रहरीले नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराले जारी गरेको प्रेस विज्ञप्तिमा अवैध रूपमा भित्र्याइएका विस्फोटक तथा आतिशबाजीजन्य सामग्री नियन्त्रणमा लिई नष्ट गरिएको जानकारी दिइएको छ।

विज्ञप्ति तथा आधिकारिक कागजात

विज्ञप्ति तथा आधिकारिक कागजात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

📰 १३१ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचारप्रोफाइल

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN