नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो।
मंगलबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बिहीबार बिहान पनि बैठकलाई निरन्तरता दिइनेछ।
यसअघि बुधबार बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए। बैठकमा पार्टीका विभिन्न विषयमा सदस्यहरूले आफ्नो विचार प्रस्तुत गरिरहेका छन्।
केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम नसकिएकाले बैठक केही दिनसम्म निरन्तर चल्ने बताइएको छ।











मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ
मधेशको नयाँ मुख्यमन्त्री बने सरोजकुमार यादव
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने
सरकारको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि, भने– हिन्दी जासुसी फिल्मजस्तै अनिश्चित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन