1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै

२५०पाठक संख्या
२वास्तविक शेयर
२६एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहार शुक्रबारदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज देशभर धनतेरस मनाइँदैछ।

धनतेरसका अवसरमा नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गर्ने परम्परा छ। यस दिन धनधान्य र समृद्धिको कामना गर्दै घरमा दीप प्रज्वलनसमेत गरिन्छ।

सामान्यतया पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइने भएको छ। चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म तिहारका विभिन्न पर्व मनाउने गरिन्छ।

त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ। त्यसैगरी आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा मनाइनेछ।

धनतेरसका दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो तथा धनियाँ किन्ने प्रचलनसमेत रहेको छ। मिथिला क्षेत्रमा भने कात्तिक कृष्ण त्रयोदशीको साँझ दीपमालिका गर्ने परम्परा छ।

यस वर्षको तिहारअन्तर्गत भाइटीका आगामी कात्तिक २५ गते परेको छ। भाइटीका सम्पन्न भएसँगै यस वर्षको तिहार पर्व समापन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२२ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN