1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
अस्पताल अनुगमन

प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन

१९६पाठक संख्या
२वास्तविक शेयर
२०एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन

कलैया । बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले कलैया प्रादेशिक अस्पतालको अनुगमन तथा निरीक्षण गरेका छन्।

अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवा, व्यवस्थापन र उपलब्ध स्रोतसाधनको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी अधिकारीले शुक्रबार अस्पतालको स्थलगत अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा अस्पतालमा स्वीकृत कर्मचारी दरबन्दी र पदपूर्तिको अवस्था, कर्मचारीको हाजिरी, ड्युटी तालिका, अस्पतालको सरसफाइ, बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन तथा उपलब्ध स्रोतसाधनको प्रयोगबारे निरीक्षण गरिएको थियो।

निरीक्षणपछि अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक सुधारका विषयमा छलफल गरिएको छ। प्रमुख जिल्ला अधिकारी अधिकारीले सर्वसाधारण नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालको व्यवस्थापन चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिएका छन्।

उनले सेवा प्रवाहमा देखिएका कमी–कमजोरी सुधार गर्न सम्बन्धित कर्मचारी तथा पदाधिकारीलाई आवश्यक निर्देशनसमेत दिएका छन्।

अनुगमनका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राहुल मण्डल, लेखापाल सुरेन्द्र यादव, सुब्बा केबिन्द्र यादव तथा यूथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेलगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN