बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ कटाटोलमा जुवा (तास) खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ७६ हजार ३९० रुपैयाँ नगदसमेत बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार २०८३ साल कात्तिक २० गते राति करिब १०ः१५ बजे स्थानीय गोरीमाया तामाङको बाख्राको गोठमा जुवा खेल भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा छापा मारेको थियो। सो क्रममा तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका–१७ का ३१ वर्षीय उपेन्द्रप्रसाद साह, ६१ वर्षीय मिनबहादुर थिङ, ३६ वर्षीय कुमार थिङ, ३७ वर्षीय जिम्बु चौधरी, ४९ वर्षीय सितलाल तामाङ र ३० वर्षीय वाङ तामाङ रहेका छन्।
त्यस्तै, कलैया उपमहानगरपालिका–२१ का ५५ वर्षीय देवचन्द्रप्रसाद चौधरी र ३१ वर्षीय रमेश साह पनि पक्राउ परेका छन्।
प्रहरीले घटनास्थलबाट नगद ७६ हजार ३९० रुपैयाँ बरामद गरेको जनाएको छ। पक्राउ परेका आठै जनालाई बरामद रकमसहित आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय सिमरा, बारामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











डुमरवानाको खेतमा भेटियो ३० वर्षीय युवकको शव, घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान
प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन