1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण नपाइने भारतीय सर्वोच्च अदालतको फैसला

५३६पाठक संख्या
२वास्तविक शेयर
५४एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण नपाइने भारतीय सर्वोच्च अदालतको फैसला

 भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेकै आधारमा पुरानो जातीय पहिचानअनुसार आरक्षण सुविधा दाबी गर्न नमिल्ने फैसला गरेको छ। अदालतले तमिलनाडु सरकारले धर्म परिवर्तन गरेका व्यक्तिलाई आरक्षण दिने निर्णयविरुद्ध परेको मुद्दामा मद्रास उच्च अदालतको फैसला सदर गरेको हो।

बिहीबार सुनुवाइका क्रममा सर्वोच्च अदालतले हिन्दु सामाजिक व्यवस्थाबाट इस्लामलगायत अर्को धर्ममा प्रवेश गर्दैमा व्यक्ति स्वतः कुनै निश्चित पिछडिएको वर्गमा समावेश नहुने स्पष्ट पारेको छ। पहिलेको जातीय वा सामाजिक अवस्थाका आधारमा मात्र नयाँ धार्मिक समुदायअन्तर्गत आरक्षण पाउन नसकिने अदालतको ठहर छ।

यो विवाद तमिलनाडु सरकारले सन् २०२४ मा जारी गरेको आदेशसँग सम्बन्धित छ। उक्त आदेशले पिछडिएका वर्ग, अति पिछडिएका वर्ग, विमुक्त समुदाय र अनुसूचित जातिबाट इस्लाम धर्म अपनाएका व्यक्तिलाई पिछडिएको मुस्लिम वर्गअन्तर्गत आरक्षण सुविधा दिने व्यवस्था गरेको थियो। मद्रास उच्च अदालतले उक्त व्यवस्था खारेज गरेपछि राज्य सरकारले सर्वोच्च अदालतमा चुनौती दिएको थियो।

तमिलनाडुमा पिछडिएको मुस्लिम वर्गका लागि छुट्टै ३.५ प्रतिशत आरक्षणको व्यवस्था छ। सर्वोच्च अदालतले धर्म परिवर्तनलाई मात्र आधार बनाएर उक्त वर्गको सदस्यता प्राप्त गर्न नसकिने भन्दै राज्य सरकारको निवेदन खारेज गरेको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

📰 १५१ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचारप्रोफाइल

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN