संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। पाँच ट्रकसहित २३ वटा सवारीसाधन एकापसमा ठोक्किँदा ठूलो आगलागीसमेत भएको थियो।
यूएईको गृह मन्त्रालयका अनुसार बुधबार मध्यरात हुनुअघि फुजैराह प्रवेश गर्ने शेख खलिफा बिन जायद सडकमा दुर्घटना भएको हो। तीव्र गतिमा रहेको एक ट्रकका चालकले नियन्त्रण गुमाएपछि अर्को सवारीसाधनमा ठोक्किएको र त्यसपछि ट्राफिक जामका कारण सुस्त गतिमा रहेका अन्य गाडीहरूलाई समेत ठक्कर दिएको थियो।
ठक्करपछि ट्रकमा आगलागी भएको र आगो अन्य सवारीसाधनमा समेत फैलिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरी, एम्बुलेन्स, उद्धार टोली तथा नागरिक सुरक्षा निकायका कर्मचारी परिचालन गरी घाइतेहरूको उद्धार तथा उपचारका लागि अस्पताल पुर्याइएको थियो।
दुर्घटनामा घाइते भएका ३० जनामध्ये १५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी १५ जनाको उपचार जारी छ। मृतकमा यूएईका नागरिकसहित विदेशी नागरिकसमेत रहेका छन्। केही मृतकको पहिचान खुल्न नसकेपछि डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ।
यूएईस्थित भारतीय वाणिज्य दूतावासले दुर्घटनामा भारतीय नागरिकको समेत मृत्यु भएको पुष्टि गरेको छ। दूतावासले मृतकका परिवारसँग सम्पर्क गरी स्थानीय अधिकारीहरूसँग समन्वयमा आवश्यक सहयोग गरिरहेको जनाएको छ।
फुजैराह प्रहरीले चालकहरूलाई ट्राफिक नियम पालना गर्न, निर्धारित गतिमा सवारी चलाउन तथा सडकमा सवारीसाधनको उचित दूरी कायम राख्न आग्रह गरेको छ। घटनाबारे थप कानुनी तथा प्राविधिक अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।











प्रेमसम्बन्धको विवादपछि एनभिडियाका प्रमुख जेन्सेन हुआङले दिए राजीनामा, कोलेट क्रेस बनिन् अन्तरिम सीईओ
अमेरिकामा ट्रम्पलाई ठूलो राजनीतिक झट्का, दुवै सदनमा डेमोक्रेटिक पार्टीको विजय
पाकिस्तानमा पोलियो अभियानमा खटिएका दुई प्रहरीको गोली हानी हत्या
स्पेनमा भीषण रेल दुर्घटना: दुई हाई-स्पीड ट्रेन ठोक्किँदा ६४ जनाको मृत्यु
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन