बडादसैँअन्तर्गत विजयादशमीको दोश्रो दिन अन्तर्गत आज एकादशीका दिन पनि देशभर मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त र मान्यजनकहाँ पुग्नेहरू बिहानैदेखि टीका थाप्न जाने गरेका छन्।
दसैँमा मान्यजनले आफूभन्दा सानालाई निधारमा रातो टीका र कानमा जमरा लगाइदिँदै सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको आशीर्वाद दिने परम्परा छ। यही परम्पराअनुसार परिवार तथा आफन्तजनबीच भेटघाट गर्ने र खुसी साटासाट गर्ने क्रम चलिरहेको छ।
विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने धार्मिक मान्यता छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आफन्तकहाँ टीका थाप्न जानेहरूको चहलपहलले दसैँको उत्सवलाई निरन्तरता दिएको छ।











प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, सोमबार मोदीसँग उच्चस्तरीय वार्ता
बसको ठक्करबाट बाबु–छोराको मृत्यु
छठ पूजा स्थलमा तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो चारदिने छठ पर्व
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन