दीपावली पर्व सम्पन्न भएसँगै तराई–मधेशसहित देशभर श्रद्धा, भक्ति र आस्थाको महापर्व छठ आज शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले नहाय–खाय विधि गर्दैछन्।
छठ पर्वको पहिलो दिन व्रतालुहरू स्नान गरी शुद्ध तथा सात्त्विक भोजन ग्रहण गरेर व्रतको सुरुवात गर्छन्। पर्वको दोस्रो दिन शनिबार खरना विधि गरिनेछ। तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ भने चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ।
सूर्यदेव र षष्ठी माताको उपासना गरिने यस पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, समानता र एकताको सन्देश दिने विश्वास गरिन्छ। जातीय तथा सामुदायिक विभेदभन्दा माथि उठेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यको आराधना गर्नु छठको विशेषता हो।
छठ पर्व सुरु भएसँगै बाराको सदरमुकाम कलैयासहित जिल्लाका विभिन्न गाउँ तथा बजारमा चहलपहल बढेको छ। स्थानीयवासीहरू नदी, पोखरी तथा जलाशयका किनारमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन्। व्रतालुहरू पूजाका सामग्री तयार पार्न व्यस्त छन् भने घर, सडक र सार्वजनिक स्थलहरूमा समेत सजावट तथा बत्ती जडान गर्ने काम भइरहेको छ।
आफ्नो क्षमताअनुसार सबै वर्गका मानिसले श्रद्धापूर्वक मनाउने यस पर्वले तराई–मधेशको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानलाई थप बलियो बनाएको छ।











दाजुभाइको दीर्घायुको कामना गर्दै आज देशभर भाइटीका मनाइँदै
नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा प्रधानमन्त्री बालेन शाहद्वारा शुभकामना व्यक्त
आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन