चेक अनादरसम्बन्धी मुद्दामा बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनलाई बुधबार कलैयाबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बारा जिल्ला अदालतको २०८३ कात्तिक १३ गतेको आदेशअनुसार कुशवाहालाई पक्राउ गरिएको हो।
कलैया उपमहानगरपालिका–२३ निवासी अनिलकुमार पटेलले उनीविरुद्ध चेक अनादरसम्बन्धी मुद्दा दर्ता गराएका थिए। उक्त मुद्दामा वादीको बिगो दाखिला गराउने प्रयोजनका लागि कुशवाहालाई पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिएको थियो।
अदालतको आदेशअनुसार पक्राउ परेका वडा अध्यक्ष कुशवाहालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।










बाराका एसपी नरेन्द्र कुँवरको सरुवा, नयाँ प्रहरी प्रमुखका रूपमा कुमार विक्रम थापा आउँदै
भारतीय मोटरसाइकलको ठक्करबाट बारामा युवकको मृत्यु, चालक फरार
यौनजन्य हिंसाविरुद्ध कलैयामा सचेतनामूलक र्याली, करिब ३०० जनाको सहभागिता
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन