1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

दाजुभाइको दीर्घायुको कामना गर्दै आज देशभर भाइटीका मनाइँदै

१९२पाठक संख्या
३वास्तविक शेयर
२१एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

दाजुभाइको दीर्घायुको कामना गर्दै आज देशभर भाइटीका मनाइँदै

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको मुख्य तथा अन्तिम दिन भाइटीका आज (बुधबार) देशभर हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका २०८३ सालमा कात्तिक २५ गते परेको हो।

भाइटीकाका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि र सफल जीवनको कामना गर्ने परम्परा छ। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने, उपहार तथा दक्षिणा प्रदान गर्ने र उनीहरूको सुखमय जीवनको कामना गर्ने चलन छ।

यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई मखमली, सयपत्री तथा दुबोको माला लगाइदिने, पूजा गर्ने र विभिन्न परिकार खुवाउने गर्छन्। दाजुभाइलाई तेलको घेरा लगाएर पूजा गर्ने परम्परासमेत रहेको छ। सेलरोटी, मिठाई, ओखरलगायतका परिकार भाइटीकाका विशेष आकर्षण हुन्।

बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइत

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ। समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार उक्त समय विशेष साइतमा टीका लगाउन चाहनेहरूका लागि उपयुक्त रहेको छ। यद्यपि दिनभरि टीका लगाउन कुनै बाधा नरहेको जनाइएको छ।

भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। धार्मिक मान्यताअनुसार यस दिन यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा उनको घर पुगेको र बहिनीले गरेको सत्कार तथा पूजाबाट प्रसन्न भई वरदान दिएको प्रसङ्गसँग यो पर्व जोडिएको छ। यही विश्वासका आधारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुरक्षाको कामना गर्दै भाइटीका लगाउने परम्परा चलेको मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

📰 १३३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचारप्रोफाइल

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN