1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

रुकुम पश्चिमकी जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

२९८पाठक संख्या
०वास्तविक शेयर
२८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

रुकुम पश्चिमकी जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

महिला , बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्या भएकी एक महिलाको समयमै सफल उद्धार गरिएको छ।

मन्त्रालयका अनुसार आश्विन ८ गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ निवासी ३३ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप तथा विशेषज्ञ उपचारका लागि हवाई माध्यमबाट तत्काल सुर्खेत पुर्‍याइएको हो।

स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि ती महिलाको ज्यान जोखिममा पर्न नदिन मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुरक्षित रूपमा पायक पर्ने र सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्‍याउने उद्देश्यले मन्त्रालयले यो नि:शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरूको स्वास्थ्य अवस्था र आवश्यकतालाई प्राथमिकतामा राखी हवाई उद्धार गरी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN