बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्याङ्कर, विद्युतीय हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौँडा–पथलैया सडकखण्डमा नेपाल आयल निगमको डिपो नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल ट्याङ्करमा वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो। त्यसपछि हाइसको पछाडि धरानबाट हेटौँडातर्फ आउँदै गरेको परीक्षण नम्बर प्लेटको मोटरसाइकल पनि ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ट्याङ्कर चालक जितपुरसिमरा–१६ पिलुवाका ५० वर्षीय चेतनाथ खरेल र ईभी हाइसका चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय आशिष मल्ल घाइते भएका छन्। त्यस्तै, हाइसमा सवार वीरगञ्ज–२ की ४५ वर्षीया समिना खातुन र उनकी करिब २५ वर्षीया छोरी सखीना खातुन, जितपुरसिमराकी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा–१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री, भारतको पूर्वी चम्पारणका ७० वर्षीय नवल किशोर साह, बाराको प्रसौनी गाउँपालिका–२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार र भारतको पश्चिम बंगाल, हुग्लीकी २६ वर्षीया साबनि दास घाइते भएका छन्। मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–१६ का २४ वर्षीय सरोज गुभाजु पनि घाइते भएका छन्।
बारा प्रहरीका प्रवक्ता मीनबहादुर घलेका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ। उनीहरूको अमलेखगञ्जस्थित अक्कलबहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ।
दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमान्डमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो। दुर्घटनापछि ईभी हाइस सडकबाट हटाउन नसक्दा केही समय यातायात एकतर्फी रूपमा सञ्चालन गरिएको थियो। प्रहरीले दिएको जानकारीअनुसार दिउँसो १ बजेर ५५ मिनेटमा सडकमा दुवैतर्फी यातायात पुनः सञ्चालनमा आएको थियो।
दुर्घटनामा संलग्न ट्याङ्कर, ईभी हाइस र मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको छ।











बारामा भारतबाट अवैध रूपमा भित्र्याइएका २ लाख २० हजार रुपैयाँका पटाका बरामद गरी नष्ट
पटका पड्काउँदा जीतपुरसिमराका १६ वर्षीय किशोर घाइते
कोल्हवीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु, दुई जना घाइते
डुमरवानाको खेतमा भेटियो ३० वर्षीय युवकको शव, घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन