नेपाली बजारमा सुनको मूल्यमा एकैदिन अस्वाभाविक वृद्धि भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो परिवर्तन देखिएको हो।











युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने
सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो
तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो, व्यापार घाटा पनि उकालो
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन