1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

सिर्सिया नदीमा प्रदूषण नगर्न प्रशासनको चेतावनी

९०पाठक संख्या
२वास्तविक शेयर
१०एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

सिर्सिया नदीमा प्रदूषण नगर्न  प्रशासनको चेतावनी

बारा । दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सिर्सिया नदीमा प्रदूषण नगर्न उद्योग, औद्योगिक प्रतिष्ठान तथा स्थानीयवासीलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार सार्वजनिक सूचना जारी गर्दै जितपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १, २, ३, ४, ७, ८, ९, १०, २३ र २४ को दक्षिणतर्फबाट बग्ने सिसिया नदीलाई स्वच्छ र प्रदूषणमुक्त राख्न आग्रह गरेको हो।

छठ पर्वका अवसरमा नदी तथा घाटमा पूजापाठ, स्नान र धार्मिक अनुष्ठान गर्ने परम्परा रहेकाले नदीको सरसफाइ र पवित्रता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको प्रशासनले जनाएको छ। नदी आसपास सञ्चालनमा रहेका उद्योग तथा औद्योगिक प्रतिष्ठानबाट निस्कने प्रदूषणजन्य फोहोरमैला र विषाक्त रसायन नदीमा मिसाउने, विसर्जन गर्ने वा प्रवाह गर्ने कार्य नगर्न सूचनामार्फत निर्देशन दिइएको छ।

प्रशासनले नदी आसपासका क्षेत्रमा सरसफाइ कायम राख्न, फोहोर तथा ढलको उचित व्यवस्थापन गर्न र नदी प्रदूषण नियन्त्रणसम्बन्धी प्रचलित कानुनी  पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

निर्देशनविपरीत नदी प्रदूषण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालय बाराले दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा दीपावली तथा छठ पर्वका बेला सिसिया नदीलाई स्वच्छ राख्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

विज्ञप्ति तथा आधिकारिक कागजात

विज्ञप्ति तथा आधिकारिक कागजात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 ८९ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN