बाराको विश्रामपुर गाउँपालिकामा विषालु सर्पको टोकाइबाट चार वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको बिहारस्थित पूर्वी चम्पारण, पकडिया स्थायी घर भएका गजेन्द्र प्रसाद पालका छोरा आदित्य प्रसाद पाल रहेका छन्। उनी आमासँगै विगत एक महिनादेखि बाराको विश्रामपुर गाउँपालिका–५, इटियाहीस्थित मामाघरमा बस्दै आएका थिए।
आइतबार साँझ करिब ५:३० बजे मामाघरअगाडि खेलिरहेका बेला बालकलाई विषालु कोब्रा सर्पले बायाँ खुट्टामा टोकेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। तर, चिकित्सकले साँझ ६ बजे नै उनको मृत्यु भएको घोषणा गरेका थिए।
घटनाबारे जानकारी पाएपछि मुसहरवा प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो। बालकका मामा जितेन्द्र कुमार पालले साँझ शव घर ल्याएका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












कोल्हवीमा अचेत भेटिएका अज्ञात पुरुषको उपचारका क्रममा मृत्यु
ईभी भ्यान र केमिकल बोकेको ट्रक ठोक्किँदा बाराका १२ जना घाइते, एकको अवस्था गम्भीर
कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन
बाराको जितपुरसिमरामा कुलोमा पुरुषको शव फेला
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन