नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ। काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको हो।
टसपछि पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाजले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो। काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। त्यस्तै, रशिद खानले १७ रन र स्मित पटेलले १३ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेख्य रन बनाउन नसक्दा काठमाडौं सामान्य योगफलमै समेटिएको थियो।
काठमाडौंलाई कम स्कोरमा रोक्न जनकपुरका बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। सैफ हसनले २ विकेट हात पार्दा मोइन अली, ललित राजवंशी र हरमीत सिंहले समान १–१ विकेट लिए। जनकपुरको कसिलो बलिङका कारण काठमाडौंले निर्धारित २० ओभर पूरा गर्नुअघि नै सबै विकेट गुमाएको थियो।
११६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सका लागि मोइन अली र सैफ हसनले उत्कृष्ट ब्याटिङ गरे। मोइनले ५१ बलमा २ चौका र ३ छक्काको मद्दतले अविजित ५८ रन बनाए। त्यस्तै, सैफ हसनले ३९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४२ रनको योगदान दिए। दुवै ब्याटरको संयमित र प्रभावकारी प्रदर्शनले जनकपुरलाई सहज जित दिलायो।
काठमाडौंका लागि रिपन मण्डलले १ विकेट लिए पनि जनकपुरको जित रोक्न सकेनन्। जनकपुरले १७.२ ओभरमै लक्ष्य पूरा गर्दै ८ विकेटको शानदार जित दर्ता गरेको हो।











एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन
एनपीएलको टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बुकिङ खुल्ने
एनपीएलका सबै खेलले पाए आईसीसीको लिस्ट ए टी–२० मान्यता
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन