1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
शपथ ग्रहण

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

१०४पाठक संख्या
२वास्तविक शेयर
११एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ६ views
समाचार सुन्नुहोस्

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

यसअघि सभापति थापाले बडादसैँको फूलपातीका दिन नै पद तथा गोपनीयताको शपथ लिएर पार्टीको जिम्मेवारी सम्हालिसकेका थिए। त्यसपछि अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।

कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, खुला उपसभापतिमा डा. चन्द्र भण्डारी र मधुप्रसाद आचार्य तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।

महामन्त्री पदमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका थिए भने महिलातर्फको महामन्त्रीमा डा. डिला सङ्ग्रौला निर्वाचित भएकी थिइन्। महाधिवेशनले ११ जना सहमहामन्त्रीसमेत चयन गरेको थियो।

महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने व्यवस्था छ। निर्वाचित सदस्यबाहेक बाँकी चार सहमहामन्त्री, एक कोषाध्यक्षसहित अन्य केन्द्रीय सदस्यहरू सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।

शपथ ग्रहणसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पार्टीको संगठन सञ्चालन र आगामी राजनीतिक कार्यदिशा निर्माणमा जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 ८७ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN