बारा । बाराको प्रसौनी गाउँपालिकाबाट प्रहरीले ९ किलो २०० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोस्ट इनर्वासिराबाट खटिएको संयुक्त प्रहरी टोलीले कात्तिक १२ गते साँझ करिब ७ः३० बजे प्रसौनी गाउँपालिका–६ क्षेत्रमा गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको मोतिहारी, आदापुर ग्राम काण्डा–४ निवासी ६५ वर्षीय शामु सहनीलाई जाँच गरेको थियो। जाँचका क्रममा उनको साथबाट ५०० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोधपुछका क्रममा शामुले प्रसौनी गाउँपालिका–७ बलुवा टोल निवासी ४५ वर्षीय अछेलाल सहनीको घरबाट उक्त पदार्थ खरिद गरेको बताएका थिए। त्यसपछि अछेलालको घरमा खानतलासी गर्दा थप ८ किलो ७०० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको थियो।
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। बारा जिल्ला अदालत, कलैयाबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।












सिर्सिया नदीमा प्रदूषण नगर्न प्रशासनको चेतावनी
कलैया प्रादेशिक अस्पतालमा राजनीतिक भर्तीको आरोप, छानबिन गर्ने सांसद अरविन्द साहको चेतावनी
बारामा सर्पको टोकाइबाट चार वर्षीय बालकको मृत्यु
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन