1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

श्रीमान् हत्या प्रकरणमा मुस्कान र प्रेमीलाई मृत्युदण्डको फैसला

श्रीमान् हत्या प्रकरणमा मुस्कान र प्रेमीलाई मृत्युदण्डको फैसला

 भारतको उत्तर प्रदेशस्थित मेरठमा श्रीमान्को हत्या गरी शव निलो ड्रममा लुकाएको चर्चित घटनामा अदालतले मुस्कान रस्तोगी र उनका प्रेमी साहिल शुक्लालाई मृत्युदण्डको सजाय सुनाएको छ।

मेरठ जिल्ला अदालतले पूर्व मर्चेन्ट नेभी अधिकृत सौरभ राजपूतको हत्या गरेको अभियोगमा दुवैलाई दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको हो।

सन् २०२५ को मार्चमा सौरभ राजपूत अचानक बेपत्ता भएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गर्दा उनको हत्या गरी शव टुक्रा पारेर घरभित्रै राखिएको निलो प्लास्टिकको ड्रममा लुकाइएको अवस्थामा फेला पारेको थियो।

प्रहरी अनुसन्धानअनुसार मुस्कान र उनका प्रेमी साहिलले मिलेर सौरभको हत्या गरेका थिए। मुस्कान र सौरभले प्रेम विवाह गरेका थिए। पछि मुस्कान साहिलसँग नजिकिएपछि हत्या गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको थियो।

यस मुद्दामा लामो समयसम्म सुनुवाइ भएको थियो। अदालतमा १२६ पटकभन्दा बढी पेसी र २२ जना साक्षीको बयानपछि दुवैलाई दोषी ठहर गरिएको थियो। अदालतले अपराधको गम्भीरतालाई ध्यानमा राख्दै मृत्युदण्डको फैसला सुनाएको हो।

अदालतले दुवैलाई जरिवानासमेत तोकेको छ। फैसला सार्वजनिक भएपछि मृतक सौरभका भाइ राहुलले सुरुदेखि नै न्याय पाउने विश्वास रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार