1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौंको कलंकीमा भएको कुटपिटमा परी १८ वर्षीय किशोरको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार अपराह्न आपसी विवादका क्रममा कुटपिट हुँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए।

कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा पक्राउ परेका अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार