बाराको सीमा क्षेत्रमा भन्सार छली गरी ल्याइएका करिब ९ लाख १० हजार रुपैयाँ मूल्यका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। घटनामा एक भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल नेपाल, नं. १२ गण हेडक्वार्टर बाराअन्तर्गतका टोलीले सीमा क्षेत्रमा चेकजाँच र निगरानी गर्ने क्रममा हरियो तरकारी, जुत्ता–चप्पल, रेडिमेड कपडा, लत्ताकपडा, सुर्तीजन्य सामग्री र मोटरसाइकललगायतका सामान बरामद गरेका हुन्।
बीओपी कवहीगोठ, बरैनिया र गोलागञ्जबाट खटिएका टोलीले सामान बरामद गरेका थिए। यस क्रममा अवैध रूपमा ल्याइएका पटाकासमेत फेला परेका थिए। बरामद पटाका आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको घोडासहन ग्रामपञ्चायत निवासी ३० वर्षीय सिकेन्द्र कुशवाहा रहेका छन्। उनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
बरामद गरिएका अन्य सामान पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिएका छन्।
सीमा क्षेत्रमा हुने भन्सार छली, अवैध ओसारपसार र प्रतिबन्धित वस्तुको कारोबार नियन्त्रण गर्न निगरानी तथा चेकजाँचलाई थप कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।



धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण नपाइने भारतीय सर्वोच्च अदालतको फैसला
सुन र चाँदी दुवै सस्तिए, यस्तो छ बिहीबारको बजार मूल्य
श्रीमान् हत्या प्रकरणमा मुस्कान र प्रेमीलाई मृत्युदण्डको फैसला
कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन