स्कटल्याण्डविरुद्ध नेपालको जित

कलैया अनलाइन
पाठक संख्या : 320

स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ ।

टस जितेर फील्डिङ रोजेको नेपालले घरेलु टोलीलाई ९७ रनमा अलआउट गरी ९८ रनको तुलनात्मक रूपमा सहज लक्ष्य पछ्याएको थियो।

नेपालका लागि सन्दीप लामिछानेले ४ तथा करण केसीले २ विकेट लिएका थिए।

नेपालका लागि ओपनर कुशल भुर्तेल (३० रन) बाहेक कसैले पनि उल्लेख्य योगदान गर्न सकेनन्। अनि नेपालले ८ विकेट गुमाएर अन्तिम ओभरमा मात्र लक्ष्य पूरा गर्‍यो।

शृङ्खलाको पहिलो खेलमा आइतवार नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो। सोमवारको खेलमा तेहरो सूपरओभर खेल्दा नेपाल नेदरल्यान्ड्ससँग हारेको थियो।

शेयर

ताजा अपडेट

सुनको मूल्य बढ्यो