संविधान सम्वत सरकार बनाउ राष्ट्रपति पौडेललाई उपसभापति यादवको आग्रह
नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले देशको बिषम प्रस्थितीलाई मध्यनजर गर्दै जेनजीको माँग सम्बोधन हुनेगरि संविधान संम्वत न्या सरकारको गठन गर्न माँग गर्नुभएको छ ।
महागढीमाई नगर नेपाली काँग्रेस नगर समिति द्धारा बरियारपुरको गढीमाई मन्दिर नजिक शुक्रवार आयोजना गरिएको शान्तिका लागि सदभाव बैठकलाई सम्बोधन गर्दै उपसभापति यादवले अहिलेको व्यवस्था ल्याउनमा हजारौ हजारको साहदत भएको छ, बर्षो बर्षको समय लगाईएको हुदा यो व्यवस्था फाल्नका लागि जेनजीको बुई चढेर यो संविधान नमान्ने केही राजनितिक शतिm र राजवादीवादीहरु सक्रिय भईरहेको हुदा यो व्यवस्था कुनैपनि हालतका गुम्न दिनु हुदैन भने नेपाली काँग्रेसको ठम्याई रहेको उपसभापति यादवले जानकारी दिनुभयो । त्यसका लागि काँग्रेस जस्तो सुकै बलिदानी लिन त्यार रहेको प्रष्ट पार्नुभएको थियो ।
अहिलेको संविधानमा दलित, मुस्लिम, आदीवासी जनजाती, पिछिडिएका बर्ग , समुदाय लगायत राज्यको अल्पसंख्य जातजातीहरुको हक अधिकारलाई ग्यारेन्टी गरेको यो सुन्दर संविधानलाई टेकेरै जेनजीले उठाएको माँगहरुलाई समबोधन हुने गरि अन्तरिम सरकारको निर्माण गर्न पहल कमदी गर्नु जेनजीका काँधमा ठुलो जिम्मेवारी आएको उपसभापति यादवले धारणा ब्यतm गर्नुभयो ।
हामी नेपालीहरु आफनो देशको समस्या समाधान गर्न आफै सक्षम रहेको भन्दै उपसभापति यादवले भारतिय जनता पार्टीबाट बिहार राज्यका उपमुख्य रहनु भएको मन्त्री सम्राट चौधरीले नेपाल भारतमा भएको भए यस्तो घटना हुनेथिएन भनी दिएको अभिब्यतिmले नेपाली जनतालाई अगाध पुगाएको बताउनुभयो ।
जेनजीहरुले संविधानमा भएको केही तुटिलाई सच्याउन, देशमा सुशासन कायम गर्न , भष्टाचारलाई निर्मुल गर्न र समाजिक संजाल पुर्ण रुपमा खोल्नका लागि शान्ति पुर्वक आफनो जायज माँग राख्दा राज्यबाट गोली खानु दुखद भएको टिप्नी गर्दे साहदत प्राप्त गरेको सबैप्रति गहिरो सम्बेदना प्रकट गर्दछु र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कमना पनि गर्दछु उहाँले भन्नुभयो ।
तर जेनजीको नाममा नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, दुर्गा प्रसाई, राजवादीहरु जेनजीको आन्दोलनमा घुसपैठ भई सिह दरवार, सर्वोच्च अदालत, महान्याधिवतmाको कार्यालय, सितल निवास, अख्तियार लगायत महत्वपुर्ण कार्यालयहरुमा आगजनी, लुटपाट गरि नेपाललाई २० बर्ष पछाडी पुनह धक्लने काम गरेको आरोप लगाउनुभयो ।
नेपाली काँग्रेस पार्टीले नेपालको हरेक प्रतिवर्तनमा अग्रणिय भुमिका खेलेको स्मरण गराउदै उपसभापति यादवले हामीले राणसंग लडयौ, २ सय ४० बर्षको राज्यतन्त्रलाई ढाल्यौ, सशस्त्र बिद्रोह गरिरहेको तत्कालिन माओवादीलाई शान्ति बर्तामा ल्यायौ भन्दै उपसभापति यादवले नेपाली काँग्रेस फेरि यो देशको रक्षाको रक्षा गर्नका लागि उठने नै छ तपाईहरुलाई विस्वास दिलाउन चहान्छौ यादवको भनाई रहेको थियो ।
त्यसैले एउटा शतिmशाली आयोग बनाएर सरकारी संरचनाहरु, ब्यतिmहरुको घर, पार्टी कार्यालयहरुमा आगजनी लुटपाट, तोडफोड गरि क्ष्ोति पुगाउनेहरुको पहिचान गरि कानुनको दायरामा ल्याउन माँग समेत गर्नुभएको थियो ।
नगर सभापति भुलेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सदभाव बैठकमा नेपाली काँग्रेस मधेस प्रदेशका सदस्य उपेन्द्र जयसवाल, नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति बिजयशंकर यादव, क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति प्रभात कुमार चौरसिया, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव लगायतकाले सम्बोधन गर्दै आफनो गाँउ टोलमा आफैले सुरक्षा गर्नका लागि सबैको सहमति, सहकार्य र एकता कायम गरि समाजिक सदभाव कायम गर्न आग्रह गर्नुभएको थियो ।
कलैयामा सदभाव र्याली गर्ने कार्यक्रम तय भएपनि स्थानिय प्रशासनले कलैया नगरभित्रमा शुक्रवार ११ बजे देखि बेलुका ६ बजे सम्म निषेधज्ञा लगाएको हुदा कार्यक्रम महागढीमाई सारि गढीमाई मन्दिर अगाडी सदभाव बैठक गरिएको थियो महागढीमाई नगरपालिकाका नगरप्रमुख यादवले जानकारी दिनुभएको थियो ।