रुख रोपौ, पर्यावरण जोगाऔ उदेश्य सहित जनमत पार्टीले विरुवा रोप्ने अभियानको कलैया बजारबाट भयो शुरुवात, ५ हजार बिरुवा रोप्ने लक्ष्य

सिकेन्द्र पासवान
पाठक संख्या : 274

जनमत पार्टी बारा कलैया उपमहानगर पालिका नगर कमिटी द्वारा एक परिवार एक बिरुवा वितरण कार्यको शुक्रवार देखि विधिवत रुपमा अभियान अन्तरगत शुरुवात गरिएको छ ।
वतावरण सन्तुलन राख्न, हरित क्षेत्र बिस्तार गर्न, जयवायुको परिवर्तनको असर कम गर्ने उदेश्य सहित अभियानको शुरुवात गरेको हुदा नगरलाई हरित क्षेत्रको रुपमा बिकास गर्नका लागि थप ठेवा पुग्ने विस्वास ब्यतm गरिएको हो । त्यति मात्र होईन यो अभियानले न्या पूस्तामा पनि वतावरण प्रतिको चेतना अभिवृद्धि गर्नका मदत पुग्ने छ ।

पछिल्लो समय पानीको हाहाकार भएर सर्व सधारण खानेपानी देखि लिएर सिचाई गर्न सम्म निकै समस्या भोगिरहेको अवस्थामा जलवायु परिवर्तनमा बिरुवाले ठुलो सहयोग गर्ने भएको कुरालाई आत्मसाथ गरि जनमत पार्टीले अभियानको रुपमा नगरभरीलाई लक्षित गरि विरुवा रोप्ने अभियानको शुरुवात गरेका छन । कलैया उपमहानगरपालिकाको वडा नम्बर १ र ४ मा विरुवा बाडने काम भएको हो ।

पार्टीका जिल्ला ईन्चार्ज शिवनाथ पटेल, नेताहरु सन्तोष पटेल, प्रमोद गुप्ता, पारस साह लगायतका नेताहरुले संयुतm रुपमा अभियानको शुरुवात गरेका थिए । सो अवश्रमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह, लोसपाका नेता डाक्टर कमरुल्लाह अंसारी, ओमप्रकाश चौधरी, लगायतको सहभागिता रहेको थियो ।

नगरभरीमा करिब ५ हजार विरुवा बाडने लक्ष्य रहेकोमा शुत्ररवार करिब बाटोमा हिडने सर्व सधारण बटुवाहरुलाई करिब १ हजार विरुवा प्रदान गरिएको जनमत पार्टीका जिल्ला ईन्चार्ज शिवनाथ पटेलले जानकारी दिए ।
यो अभियान नगरभरीको मुख्य ठाँउ, बजारमा विरुवा बाडने रहेको ईन्चार्ज पटेलले जानकारी दिए । रुख रोपौ पर्यावरण जोगाऔ भने मुल नाराका साथ अभियानको थालनी गरिएको संविधानसभा सदस्य एवम जनमतका नेता प्रमोद गुप्ताले बताए ।
जनमत पार्टी कलैया उपमहानगरपालिका नगर समितिको अधयक्ष राजदेव ठाकुरको अध्यक्षतामा अभियानको शुरुवात गरिएको थियो । भोलि विरुवा बाडने अभियान मोतिसरमा हुने जनमत पार्टीले जनाएको छ ।

शेयर