जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले कुनैपनि राजनितिक दवावमा नपरी शासन होईन सुशासन कायम हुने गरि जिल्लाको शान्ति, सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन ।
जिल्ला प्रशासन कार्यालय बाराको सभाकक्षमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी मिश्रले जिल्लाको शान्ति, सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी काम गर्ने उदघोष गरेका थिए ।
शान्ति, सुरक्षाको विश्वासनीयता सँगैै सुशासन कायम गर्न आफू सधैँ लागि पर्ने प्रजिअ मिश्रले बताउदै आफूले तराई मधेसको अन्य जिल्लाहरूमा पनि प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेकाले जिल्लाको समग्र विकासका लागि सबैको साथ सहयोग पाउनमा आफु आसावादी रहेको प्रमुख जिल्ला अधिकारीले विश्वास व्यक्त गरेका थिए । सहमति, सहकार्य र एकताले नै सबैको जित हुने बताउदै प्रजिअ मिश्रले आपसी सद्धभाव निकै जरुरी रहेको बताए ।
कालो बजारी, अपराध र भ्रष्टाचार आफूले शून्य सहनशीलतामा राखेर अगाडी बढने बताउदै अवैध रुपमा संचालन भईरहेको मदिरा भठीहरुलाई नियन्त्रण गर्ने , लागु औषध नियन्त्रण, चोरी पैठारीलाई नियन्त्रण गर्ने काममा कुनै कसर बाकी नराख्ने प्रजिअ मिश्रले भने ।
जनताको कामकाज बिना झनझट छिटो र छरितो गर्ने मातहतका सबैलाई निर्देशन दिने काम भईसकेको हुदा सेवा प्रभाहमा कुनै कमी नआउने दावी समेत उनले गरे । गलत गर्नेलाई कार्यवाही र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने रणनिती अनुसार काम अगाडी बढाउने चहना राखी काम गर्ने लक्ष्य राखेको प्रमुख जिल्ला अधिकारी मिश्रले प्रष्ट पारेका थिए ।
फरक प्रसंगमा प्रमुख जिल्ला अधिकारी अधिकारीले पित पत्रकारिता नगर्न आग्रह गर्दे सत्यलाई सत्य र असत्यलाई असत्य भनी दिन सबै पत्रकारहरुलाई, आग्रह गरे ।
कसैको दवाव र प्रभावमा नपरी कानुन बमोजिमको काममा मेरो हात कहिलेपनि नडगमागाउने प्रतिवद्धता ब्यतm गर्दै जिल्ला प्रशासन कार्यालयबाट नै सुशासनको अनुभुती सर्व सधारण नागरिकलाई दिने कामको शुरुवात पनि गर्ने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
संघियता आएपछि धेरै अधिकार स्थानिय तहलाई दिएको हुदा धेरै कुराहरु चाहेर पनि तुरन्तै एक्सनमा गएर प्रक्रिया अगाडी बढाउनेमा केहि समस्या सृजना हुने बताउदै फेरि पनि त्यो बहनामा कसैलेपनि कानुनलाई मिचेर जान छुट नभएको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाई रहेको थियो ।
जिल्लाको नाकाहरुको विषयमा अनुगमन, बजार अनुगमन, कर्मचारी अनुगमन, यातायात व्यवस्थापन, सुचना सहज र सुलब रुपमा उललब्ध गराउने देखि मालखाद उपलब्ध गराउन,लागऔषद नियन्त्रण, खोलाको दोहन रोक्न, जुवातास नियन्त्रण गर्न एवम क्रसरलाई नियमवन गर्नुको साथै समाजका रहेको बिकृति, बिसंगतिलाई चिरदै सभ्य समाज निर्माणका लागि लागी पर्ने प्रमुख जिल्ला अधिकारी मिश्रले प्रतिवद्धता ब्यतm गरेका हुन ।
सप्तरी जिल्ला घर भएका प्रजिअ मिश्र एउटा अवल प्रशासकको रुपमा आफनो छवि बनाएका पात्र हुन । मोरङ्ग जिल्लाबाट सरुवा भएर उनी बारा आएका हुन । उक्त भेटघाट कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा सुव्यवस्थित बनाउने विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रबिन्द्र सिंह ,बारा शाखा अध्यक्ष रमेश सुवेदी , मधेस प्रदेश समितिका सदस्य साजिर मंसुर, बारा शाखाका उपाअध्यक्ष पन्नालाल दास, पत्रकार उपेन्द्र ठाकुर, नरेश गुप्ता, अनिल तिवारी, मनोज साह, प्रेस युनियनका अध्यक्ष श्याम प्रसाद यादव, लगायत पत्रकारहरुले आ–आफ्ना सुझावहरू दिएका थिए ।
कार्यक्रममा सहायक प्रजिअ छविरमन भट्रराई, प्रहरी उपरिक्षक सन्तोष तमाङ, सशस्त्र प्रहरी उपरिक्षक खुम बहादुर केसी, राष्ट्रिय अनुसंन्धानका प्रमुख सरोज निरौला र कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह लगायतको सहभागिता रहेको थियो ।