1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
वरीयता निर्धारण

कांग्रेसका १९ पदाधिकारीको वरीयता निर्धारण, गगन थापा पहिलो स्थानमा

६०पाठक संख्या
४वास्तविक शेयर
९एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

कांग्रेसका १९ पदाधिकारीको वरीयता निर्धारण, गगन थापा पहिलो स्थानमा

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित १९ जना पदाधिकारीको आधिकारिक वरीयताक्रम निर्धारण गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण सम्पन्न भएपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीहरूको वरीयता टुंग्याएको हो।

निर्धारित वरीयताक्रममा पार्टी सभापति गगनकुमार थापा पहिलो स्थानमा छन्। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिला उपसभापति पुष्पा भुसाल तेस्रो स्थानमा परेका छन्। खुलातर्फका उपसभापति डा. चन्द्रकान्त भण्डारी चौथो र मधु आचार्य पाँचौँ स्थानमा रहँदा समावेशीतर्फका उपसभापति विनोद चौधरी छैटौँ स्थानमा छन्।

महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, महिलातर्फकी महामन्त्री डा. डिला सङ्ग्रौला पन्त आठौँ र खुलातर्फका महामन्त्री उदयशमशेर राणा नवौँ वरीयतामा रहेका छन्। यससँगै पार्टीका मुख्य पदाधिकारीहरूको वरीयता निर्धारण गरिएको छ।

त्यस्तै, ११ जना सहमहामन्त्रीमध्ये बहादुरसिंह लामा समग्र वरीयतामा दसौँ स्थानमा छन्। उनी सहमहामन्त्रीहरूमध्ये पहिलो वरीयतामा परेका छन्। योगेन्द्र चौधरी ११औँ, प्रकाश स्नेही रसाइली १२औँ, जीवन शाही १३औँ र अजय चौरासिया १४औँ स्थानमा छन्।

यसैगरी, आङ्गेलु शेर्पा १५औँ, रामहरि खतिवडा १६औँ, प्रतिमा गौतम १७औँ, अजयबाबु शिवाकोटी १८औँ र डा. फिरदोस आलम १९औँ वरीयतामा रहेका छन्।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पदाधिकारीहरूको वरीयताक्रम निर्धारणलाई पार्टीको संगठनात्मक व्यवस्थापनको महत्त्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ। अब नयाँ कार्यसमितिले पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र राजनीतिक गतिविधिलाई कसरी अघि बढाउँछ भन्ने विषय चासोको केन्द्रमा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 ९० प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN