आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा ओमानलाई १० रनले पराजित गर्दै नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ। जितसँगै नेपालले लिग–२ को अंकतालिकामा छैटौँ स्थान सुरक्षित गरेको छ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो। ओमानका जतिन्दर सिंहले सर्वाधिक ८९ रन बनाए भने हम्माद मिर्जाले ८७ रनको योगदान दिए। तर, उनीहरूको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त भएन।
रोहित पौडेलको उत्कृष्ट ब्याटिङ
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ६९ रन, देव खनालले ५७ रन र इशान पाण्डेले २९ रन जोडे।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान दुई–दुई विकेट लिए भने नन्दन यादव र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।
यस जितपछि नेपालले ३६ खेलबाट ३० अंक जोड्दै छैटौँ स्थान सुरक्षित गरेको छ। ओमान भने ३२ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ। नेपालका लागि यो जित एकदिवसीय मान्यता कायम राख्ने दृष्टिले महत्त्वपूर्ण बनेको छ।










एनपीएल खेल्न विराटनगर किंग्समा आबद्ध हुँदै वेस्ट इन्डिजका आन्द्रे रसेल
नेपालमा आईसीसी एसिया सम्मेलन हुने
कोल्हबीमा प्रथम नगर लिग फुटबल प्रतियोगिता सुरु हुँदै
रोहित पौडेलको शतकमा चम्कियो नेपाल, क्यानडालाई २४ रनले हराउँदै विश्वकप लिग–२ मा विजयी सुरुवात
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन