बारा । काठमाडौंको फर्पिङस्थित बसपार्क क्षेत्रबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित बाराका एक युवकसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा २० च ७५८८ नम्बरको कारबाट ७ हजार २८० क्याप्सुल ट्रामाडोल बरामद गरेको हो। उक्त लागूऔषध कारको पछाडिको डिक्कीमा लुकाएर ल्याइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३, कोयरियाका २७ वर्षीय सुदिप पटेल र पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्।
प्रहरी उपरीक्षक तथा सूचना अधिकारी दानबहादुर थापाका अनुसार बरामद लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।










बारामा स्कारपियोको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु, दुई घाइते
प्रहरी दिवसमा बाराका दुई पत्रकार सम्मानित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन