बारा । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा बारामा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा मंगलबार प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
‘विपद्मा सारथी, संकटमा छहरी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखाका इन्चार्ज राजाबाबु गुप्तालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घले, प्रहरी निरीक्षक प्रकाश खड्का, प्रहरी निरीक्षक विमल खतिवडा, जेनजी युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेय, प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखाका कर्मचारी तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रममार्फत संकलित रगतले आवश्यक परेका बिरामीलाई उपचारका क्रममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।



ककरोच जनता पार्टीका सौरभ र आशुतोष फेरी पक्राउ
४.१२ अंकले बढेर २५९९ को विन्दुमा, ४ अर्ब ७३ करोडको कारोबार
सवारी दर्ता, नामसारी र बीमा सेवा लिन सहज, कार्यविधि संशोधन
कलैया–९ का वडाध्यक्ष पुरुषोत्तम सिंह पाण्डेयको निधन, मंगलबार सार्वजनिक शोक बिदा

टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन