नेपाली काँग्रेस , एमाले गठबन्धनको सरकार फेल भईसक्यो : अध्यक्ष राउत

सिकेन्द्र पासवान
पाठक संख्या : 488

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले नेपाली काँग्रेस र एमाले पार्टीको े्गठबन्धनको सरकार फेल भईसकेको बताएका छन ।

बाराको सदरमुकाम कलैयामा आयोजना गरिएको बृहत पार्टी प्रवेश तथा सभा कार्यक्रमलाइृ सम्बोधन गर्दै प्र्मुख अतिथी समेत रहनु भएको डाक्टर राउतले नेपाली जनताको आसा र भरोसाका किरण यी दुई दलको सरकार बन्न नसकेको हुदा जनतामा अझै निरासा छाएको आरोप लगाए ।

आफुलाई देशको ठुलो पार्टी भनाउदा काँग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले कहिलेपनि मधेसको बारेमा सम्वेदनशिल नरहेको र तराई मधेसको भवनासंग सधै खेलवाड नै गर्ने गरेको डाक्टर राउतको आरोप रहेको थियो ।

यी पार्टी नेताहरुसंग अव देश बन्दैन भन्ने कुरा नेपाली जनतालाई राम््रैसंग थाह भईसकेको हुदा देशको बिकाससंगै देशको बागडोर अव जनमत पार्टीले नै समाल्ने राउतले उदघोष गरे ।

बर्तमान सरकारले देशमा राम््रो काम गर्नेहरुलाई छानी छानी विभिन्न प्रकारको झुठा मुद्धाहरु लगाएर जेलमा हाल्ने गरेको कार्यले सरकारको नियती प्रष्ट रुपमा झल्की रहेको स्मरण गर्दै डाक्टर राउतले यिनीहरुको दमनले हामीलाई अझ उर्जा मिली रहेको बताए ।

देशमा ठुला ठुला भष्टाचार यी तिनै दल काँग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले गर्दा राज्य नै लागेर कसरी बचाउने भने खेलमा लाग्ने गरेको दोषारोपन गर्दै डाक्टर राउतले निर्देाष र निहथाहरुलाई फसाएर शासन सतामा टिकी रहने हिसावले उहाँहरु अगाडी बढीरहेको जानकारी दिए ।

जिल्ला अध्यक्ष शिवनाथ पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, मधेस प्रदेशको निवर्तमान प्रदेश साँसद पारस साह, जसपा नेपालबाट वडाअध्यक्षमा झिनो मतले प्राजित हुनु भएका शंकर प्रसाद साह, लगायत सयौको संख्यामा जसपाका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

नव प्रवेशीहरुलाई पार्टीका अध्यक्ष डाक्टर सिके राउत, मधेस प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिह लगायतकाले खादामाला लगाई पार्टीमा प्रवेश गराएका थिए ।

कार्यक्रममा पार्टीका उपाअध्यक्ष बसन्त कुसवाहा, नेताहरु प्रभुनाथ पटेल, सन्तोष पटेल, रौसन खातुन, प्रमोद गुप्ता, पारस साह लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।

शेयर