नारी शक्तिले परिवर्तन ल्याएको कुराको उदाहरण यति खेर पुर्वाधार कार्यालय बारामा निमित हाकिम भएर आएकी रिम्पु कुमारी यादवले कार्यालयको काम चुस्त दुरुस्त पारी गलत गर्ने ठेक्केदारहरुको होस उडाएकी छिन ।
बिकाससंगै जोडिएको सबै कामकाज यसै कार्यालयबाट हुने हुदा जनताको चाप अत्याधिक हुने भएको हुदा समेत महिला भएर पनि कार्यालय प्रमुखले दिनमा सयौ सेवाग्राहीहरुको समस्या सुन्ने, काम गर्ने काम, फिल्डमा अनुगमन जाने जस्ता काम गर्ने गरेकी छिन ।
निमित प्रमुख यादवको आगमन संगै स्वयम आफै योजनाको अनुगमन फिल्डमा गई कामको मुल्याङन गरि काम गरेको अधारमा भुक्तानी गरिएको पाइएको छ । मापदण्डमा रहेर काम गर्नेहरुको यस कार्यालयबाट सहज रुपमा भुक्तानी पाईने गरेको निमित्त प्रमुख यादवले बताइन ।
सरकारले कर्मचारीहरुलाई बिहान १० बजे देखि बेलुका ५ बजे सम्म कार्यालयमा आएर काम गर्ने निर्देशन हुदा समेत नागरिकको सुविधाका लागि र कामको चापलाई मध्यनजर गर्दै कार्यालय प्रमुख यादवले बिहान ६ बजे देखि बेलुका ९ बजे राती सम्म सहज , सरल रुपमा मापडण्ड पुरा गरेर काम गरिसकेका सेवाग्राहीलाई बिना कुनै झनझट भुक्तानी दिने गरेको प्रदेश साँसद समिरले जानकारी दिए ।
गलत नियत राखी माप डण्ड विपरित काम कमै गर्ने भुक्तानी भने पुरै माग्ने भएको हुदा आफु फिल्ड मै गएर कामको मुल्याङकन गरि नियमा अनुसार जति भुक्तानी पाउनु पर्ने हो त्यही अनुसारको भुतmानी दिने गरेको हुदा आफनो स्वार्थ सिद्ध पुरा नभएकाहरुले कार्यालय र कर्मचारीलाई बदनाम गराउने काम गरिरहेको निमित प्रमुख यादवले भनिन् ।
सयौ योजनाहरु प्रभावकारी ढंग अगाडी बढाएको छ कति सम्पन्न भएको छ भन्दै प्रमुख यादवले जन शतिmको कमीले सबै ठाँउमा एकैदिन जान सक्ने अवस्था नै हुदैन । प्राविधिक नभएको त्यो मौका छोपी केही ठेक्केदारहरुले मापडण्ड विपरित कामहरु यदाकदा गर्ने गरेको हुदा हामीलाई संचार माध्यम, नेताका मार्फ वा नागरिकको मार्फत जानकारी आएपछि लगतै त्यसको अनुगमन गर्ने गरेको प्रमुख यादवले बताईन ।
योजनाहरु अनुगमन गर्दा अधिकान्स काममा मुल्याङकनको अधारमा १ लाख देखि १० औ लाख सम्मको रकम कटौती गरेको हुदा जसको काटिएको छ उनले रिसाउनु त स्वाभाविक नै हुन्छ निमित प्रमुख यादवले जानकारी दिईन ।
सेवाग्राहीहरुको काममा अझै कार्यालयका ईन्जििनियर दिपेन्द्र कुमार साह, सव ईन्जिीनयिर प्रभात कुमार सिहंले पनि रातदिन नहेरी सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाह गर्नका लागि रातदिन खटेर काम गर्दा पनि ति दुई जनाको समेत मनोवल गिराउने काम भईरहेको निमित प्रमुख यादवले दुखेसो गरिन् ।
नियम विपरित काम गर्नेहरुले भुतmानीको आसा नलिए हुन्छ त्यस प्रकारको भुतmानीका लागि कुनै प्रकारको दवाव सृजना नगरि दिनका लागि सबैमा आग्रह गर्दछु निमित प्रमुख यादवले बताईन ।
नियम अनुसार, प्रक्रिया पुगाएर काम सम्पन्न गरेको प्रमाणहरु लिएर आएको खण्डमा एक मिनेट पनि नरोकीकन भुतmानी दिने निमित प्रमुख यादवले प्रतिवद्धता ब्यतm गरिन ् ।
अहिले सम्म हामीले ६० प्रतिशत भुतmानी गरिसकेको छु र असार भित्रमा मधेस प्रदेश सरकारबाट आएको रकम बराबरको निर्माणका पुरा भएका कार्यहरुको भुतmानी दिनुपर्ने भएको हुदा त्यही स्प्रीटमा काम भईरहेको उनले भनिन ।
निधी अवासको पहिलो किस्ता करिब ९० प्रतिशतको भुतmानी भईसकेको र दोस्रो किस्ता असारको २४ गते भित्रमा गर्ने लक्ष्य अनुसार काम भईरहेको छ भने तेस्रो किस्ताको हकमा भने आर्थिक बर्ष २०८२÷८३ को शुरु देखि नै कामको भुतmानी दिने कामको थालनी गर्ने उनले जानकारी दिईन ।
सेवाग्राहीहरुलाई कुनै प्रकारको असहजता महसुस नहोस भन्ने उदेश्यका साथ कार्यालयको ओभर समयमा पनि बिहान र बेलुका सम्म बसेर काम गर्दा समेत पनि मलाई र कार्यालय प्रमुखलाई चरित्र हत्या गर्ने कामहरु भईरहेको हुदा हामीहरुलाई काम गर्न जागर नै बिस्तारै हराउदै गएको सव ईन्जिनियर प्रभात कुमार सिहले भने ।
बारा जिल्लामा १ सय १५ करोड रुपैया सडक निर्माण सानो, ठुलो, धर्मशाला, मन्दिर, निधी निवास लगायतका योजनाहरुका लागि प्रदेश सरकारबाट बजेट आएको हुदा ठेक्कदारहरुलाई कामको स्पीड बढाउनलाई प्रेरित गरेको सिहले भने । आर्थिक बर्ष २०८२/८३ सालको शूरु देखि नै बारा जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमा ५ किलो मिटर सडक कालोपत्रे सडक निर्माणको कार्य शुरु हुनेछ । सडकको टेण्डर भईसकेको हुदा अव चाडै प्रक्रियाको थालनी हुने सिहले भने ।
निधी अवास तथा जनतासंग मदन मंण्डारी अवास कार्यक्रमका संयोजक त्रिलोकी प्रसाद चौधरीले निधी अवासको कार्यक्रम प्रभावकारी ढंगले अगाडी बढाएको छ भने बाकीको कामलाई सुक्षम रुपमा अध्यन अनुगमन गरि काम भईसकेकाहरुलाई चाडो भुतmानी दिनका लागि कार्यालय प्रमुख यादवलाई समितिले निर्देशन दिएको संयोजक चौधरीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कर्मचारीलाई असहज हुने गरि कोई कसैले कार्यालयमा गई हुलहुजत गरेमा त्यसता ब्यतिmलाई पक्राँउ गरि कानुन बमोजिम कार्यवाहीको दायरामा ल्याउने बताए । कर्मचारीहरुलाई उच्च मनोबलको साथ राम्रो प्रभावकारी रुपमा काम गर्न निर्देशन समेत दिएको उनले प्रष्ट पारे । कुनै बेला असहजता महसुस भएको खण्डमा मलाई जानकारी गराएको खण्डमा तुरन्तै सुरक्षाका लागि प्रहरी पठाउने जानकारी दिए ।