1KalaiyaOnline.Comतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

विश्वकप लिग-२: १५ सदस्यीय नेपाली टोली घोषणा

विश्वकप लिग-२: १५ सदस्यीय नेपाली टोली घोषणा
ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

असार २१ गतेदेखि सुरु हुने उक्त विश्वकप क्रिकेट लिग-२ शृङ्खलामा आयोजक ओमान, नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल अटाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार