1KalaiyaOnline.Comतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

कारभित्र लुकाएर राखिएको १५५ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ

कारभित्र लुकाएर राखिएको १५५ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८, इमलीप्रतिबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा प्रयोग भएको कारका चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार बिहान करिब ९ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कार इमलीप्रतिमा रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा कारभित्र रातो प्लास्टिकले बेरेर लुकाइछिपाई राखिएको अवस्थामा १५५ किलो ६३५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २८ वर्षीय अम्बिर डिम्डुङ पक्राउ परेका छन्। उनी उक्त कारका चालक रहेको प्रहरीले जनाएको छ।

बरामद गाँजा, नियन्त्रणमा लिइएको कार तथा पक्राउ परेका डिम्डुङलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा, बारामा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#जितपुरसिमरा#बारा प्रहरी

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार