बारा । सिम्रौनगढ नगरपालिका–६ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल, गोली तथा मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गोलागञ्ज बीओपीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्ज निवासी करिब ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा उनको साथबाट दुई थान कटुवा पेस्तोल, पाँच थान गोली र एक थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कुशवाहालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


ट्रम्प प्रशासनको निर्वाचनसम्बन्धी सर्तमा अदालतको रोक
अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जना बेपत्ता
मोटर जडान गरिएको धाराबाट पानी खाने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
कालीगण्डकी नदीमा बाढी: पर्वतको जलजलामा २५ घर बगे, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन